काठमाडौं । नेपालले आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पपुवा न्युगिनी (पीएनजी)सङ्ग पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । हालै आइसिसी विश्वकप लिग टुमा भिडेका यी दुई टोलि बीच लगत्तै सिरिज हुन लागेको हो । सिरिजका लागि पिएनजिको टिम नेपालमा छ ।
नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । नेपाली टोलीमा यसपटक युवा खेलाडीलाई परिक्षण गरिदैछ । पिएनजी विरुद्ध यू१९ टिमका कप्तान देव खनाल पहिलो पटक परेका छन् । यो सिरिजपछी नेपालले मलेसिया सङ्ग टि२० सिरिज खेल्दैछ ।
घरेलु दर्शकसामु आज नेपालले पीएनजीसङ्ग एकदिवसीय क्रिकेट खेल्दै
