सानेपामा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु

काठमाडौं । ललितपुरको सानेपामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । गतराती सवा १ बजे बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल पल्टिँदा प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नवीन न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा स्टार अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तनहुँको आँबुखैरेनी घर भइ प्रहरी वृत्त सातदोबोटोमा कार्यरत प्रहरी जवान सुमनकुमार सिंहको स्टार अस्पतालमा नै उपचार जारी रहेको छ ।