काठमाडौैं । देशभर फैलिएको सरुवा रोग डेंगुले काठमाडौंमा महामारीको रुप लिने संकेत देखाएको छ ।
हजारौं मानिसलाई प्रभावित बनाइसकेको यो रोगले आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई समेत संक्रमण बनाएको छ ।
उनी अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।
देशभर ४८ भन्दा बढी जिल्लामा डेगुंका बिरामी फेला परिसकेका छन् । ५ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालमा पनि डंगुको संक्रमण देखिएको थियो । यो रोग लामखुट्टेको टोकाईका कारण सर्ने गर्छ ।