काठमाडौं । मिस नेपाल २०२२का लागि आवेदन खुला भएको छ । द हिडन ट्रेजरले आगामी नयाँ संस्करणका लागि आवेदन खुला भएको जानकारी गराएको हो । प्रतियोगितामा भाग लिन सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत् निःशुल्क रूपमा आवेदन दिन सकिने भएको छ । यसको लागि उचाइ ५ फिट ३ इन्च र उमेर ८ देखि २७ वर्ष हुनुपर्ने गरि तोकिएको छ ।
अडिसन काठमाडौंलगायत धरान, वीरगञ्ज, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा हुनेछ । काठमाडौंमा भने वैशाख ९ देखि २७ सम्म अडिसन हुने आयोजकले जानकारी दिएको हो । हिडन ट्रेजरले मिस नेपाल २०२२ को फाइनल भने असार चार मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने समेत जनाइएको छ ।