काठमाडौं । चलचित्र विकास बोर्डले वैशाख महिनाभित्र बक्स अफिस प्रणालीमा नजोडिए चलचित्र हलहरु बन्द गर्ने भएको छ । बोर्डका अनुसार जेठ महिनादेखि बक्स अफिस अनिवार्य गरिएको छ । कानुन अनुसार नचल्ने हल बन्द गर्ने निर्णय गरिएको हो । सिनेमा हलहरुलाई नियम कानुनमा बाँध्न विकास बोर्डले यस्तो निर्णय गरेको जनाएको छ ।
बक्स अफिस जडान गर्न धेरै हलहरुले अटेर गरेपछि अनिवार्य गर्न लागिएको हो । नेपालमा बक्स अफिस प्रणाली २०७५ देखि लागू भएको हो । तर, अधिकांश सिनेमा हलहरु उक्त प्रणालीसँग जोडिएका छैनन् । नेपाली सिनेमा हलहरुमा जतिपनि सिनेमा व्यापार हुन्छ, त्यसको तथ्याङ्क चलचित्र विकास बोर्डमा आउने प्रणाली नै बक्स अफिस प्रणाली हो ।