काठमाडौं । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमाल सफाई गर्ने टोली आधार शिविर पुगेको छ। नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली योजनानुसार आ(आफ्नो आधार शिविर पुगेका हुन्। सफाइ अभियान अन्तर्गत सगरमाथारल्होत्सेमा खटिएका टोली वैशाख १ गते, कञ्चनजंघामा खटिएका टोली वैशाख ८ गते र मनास्लुमा खटिएका टोली वैशाख ९ गते आधार शिविर पुगेका हुन्।
आधार शिविरमा पुगेका टोलीले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरे पश्चात स्थानीय संस्कार अनुसारको पूजाआजा गरेका छन्। बेशक्याम्प पुगेपश्चात उक्त टोलीले फोहोर संकलन गर्ने काम शुरू गरेको नेपाली सेनाले जानकारी दिएको छ। हिमाल सफाई जस्तो पवित्र कार्यमा खटिएका टोलीहरुले स्थानीय सरकार, सरोकारवाला संघसंस्थाहरु र स्थानीयवासीसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलन गर्नेछ।