काठमाडौं । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।
बैठकले परीक्षणका रुपमा लागू हुने गरी उक्त निर्णय गरेको हो । कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्म बढाइएको छ ।
नेपाल आयल निगमको समेत सुझाबका आधारमा सरकारले सातामा दुई दिन बिदाको निर्णय गरेको हो । पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।