बुद्ध एयरले सोमबार देखि काठमाण्डौ– कोलकत्ता उडान गर्ने भएको छ ।
बुद्ध एयरले आईतबार पत्रकार सम्मेलन गरि उडान बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेतले सोमबार देखि काठमाण्डौ –कोलकत्ता–काठमाण्डौको व्यवसायीक उडान गर्न लागिएको जानकारी गराएका हुन् । बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाण्डौ कोलकत्ता उडान गर्न लागेको हो । अन्तराष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाण्डौ कोलकत्ता उडान सफल भए अन्य स्थानका लागि अन्तराष्ट्रिय उडान सुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए ।
हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाण्डौबाट बुद्ध एयरको जहाज कोलकत्ताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकत्ताबाट काठमाण्डौका लागि जहाज उड्ने छ ।जेट एयरवेज बन्द भएका कारण अप्ठेरोमा परेका नेपाल देखि भारत यात्रा गर्नु पर्ने यात्रुहरुका लागि बुद्ध एयरको नयाँ कलकत्ता उडानले केहि राहत दिने संकेत गरेको छ ।