काठमाडौं । म्यानचेस्टर सिटीमाथि उत्कृष्ट पुनरागमन जित निकाल्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। सिटीको मैदानमा भएको पहिलो लेगमा ४–३ गोल अन्तरमा पराजित भएको रियलले बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगमा ३–१ को जित निकालेको छ ।
समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनल पुगेको हो । अब फाइनलमा लिभरपुल र रियल भिड्ने छन् । रियलका लागि रोड्रिगोले दुई तथा करिम बेन्जिमाले एक गोल गरे । सिटीका लागि रियाड माहरेजले एक गोल गरे ।