४४ मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने

तस्वीर साभार : गोरखापत्र

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको सानातिना विवाद झाँगिदै गई उग्र रुप लिएपछि मतदान स्थगित गरिएको हो ।


स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् । त्यहाँ मतदान भएपछि मात्र मतगणना सुरु हुनेछ । हिमाली र दुर्गम जिल्लामा शनिबारदेखि हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्न सुरु गरिनेछ । त्यसपछि मात्र मतगणना थालिने भएको छ ।