काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं, तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्व गतिविधि गरी अनावश्क रुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गर्यो ।’
त्यस्ता ठाउँमा गृह प्रशासन अस्वभाविक रुपमा असन्तुलित भएको भन्दै एमालेले अध्यक्ष ओलीले भनेका छन्, ‘यस प्रकृतिका घटना दर्जनौं स्थानमा भएका छन् । स्वतन्त्र निर्वाचनविरुद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति म दुःख व्यक्त गर्दछु ।’