काठमाडौं । अपडेट : २:३० बजे
काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायम छ ।बिहान २:३० बजेको पछील्लो परिणामका अनुसार स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले १२५४ मत प्राप्त गरी पहिलो नम्बरमा छन् भने नेकपा एमालेका केशब स्थापितले ८७८ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसकी सिर्जना सिंहको मत ७ सय १९ छ ।
अपडेट : ८४० बजे

काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायम छ । कुल १७८१ मत गन्दा ५८३ भोट पाएका छन् । उनलाई केशव स्थापितले पच्छ्याइरहेका छन् । स्थापितको ४८८ भोट आएको छ । गठबन्धनको ३४० मत आएको छ ।
अपडेट : ६:५५ बजे…..
निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार ११८० मतको गणना भएको छ । जसमा बालेन साहले ४०२ मत ल्याएका छन् । उनलाई केश स्थापितले ३१९ मतसहित पच्छ्याइरहेका छन् । गठबन्धनकी सिर्जना सिंहको २०२ मत ल्याएको निर्वाचन कार्यालय तथ्यांक सार्वजनिक गरेको छ । राप्रपाले ५३ भोट ल्याएको छ । उपमेयरमा सुनिता डंगोलले ५२० मत ल्याउँदा समाजवादीका उम्मेदवारले मात्र ११० ल्याएका छन् । कार्यालयले पहिलो आधिकारिक तथ्यांक सार्वजनिक गरेको हो ।
अपडेट ४ बजे….
काठमाडौं महानगरपालिकामा एमालेका उम्मेदवारलाई पुनः गठबन्धनले उछिनेको छ । स्वतन्त्र उम्मेदवार बालेन साह भने २ सय मतले अगाडी छन् । पछिल्लो तथ्यांक अनुसार साहले ४ सय ८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ८० मत ल्याएकी छिन् ।
एमालेका केशव स्थापितले २ सय मत प्राप्त गरेको तथ्यांक छ । काठमाडौं महानगरको वडा नम्बर १, २, ३ र ३२ को मतगणना चलिरहेको छ ।