बालेनको १५ हजार मत कट्यो, अरुको कति ?

काठमाडौं । काठमाडौंमा महानगरपालिकाको मेयर मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको मत १५ हजार कटेको छ । बुधबार बिहानको पछिल्लो परिणाम अनुसार शाहले १५ हजार ४०२ मत पाएका छन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मत र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् ।

स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना भइरहेको छ ।