नेपालका लागि नयाँ भारतीय राजदूतमा श्रीवास्तव नियुक्त

काठमाडौं । भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ। त्यहाँको परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई मंगलबार नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो। भारतको परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्ने जनाएको छ। नवनियुक्त राजदूत श्रीवास्तवले सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गरेका हुन् । यसअघिका नेपालका लागि तोकिएका राजदूत भारतीय विदेश सचिवमा नियुक्त बनेसँगै यो पद रिक्त थियो ।