५३५ पालिकाको परिणाम सार्वजनिक हुँदा कांग्रेस अग्रस्थानमा

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ५ सय ३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहानसम्म १ सय ५५ वटा नगरपालिका र ३ सय ८० वटा गाउँपालिका गरी ५ सय ३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । नेपाली कांग्रेस २ सय ४२ पालिका जितेर पहिलो स्थानमा छ ।

कांग्रेसले ८१ नगरपालिकाको मेयर र एक सय ६१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । कांग्रेसले ६१ वटा नगरपालिकाको उपमेयर र एक सय ६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ सय २७ पालिका जितेको हो । कांग्रेसले २ हजार १ सय ९२ वटा वडाध्यक्ष पद जितेको छ । एमाले दोस्रो स्थानमा छ ।

एमालेले अहिलेसम्म ४६ वटा नगरपालिकाको मेयर र १ सय ३ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ४९ वटा पालिकाको प्रमुख पद जितेको छ । एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, १ सय १ वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १ सय ५८ वटा जितेको छ । एमालेले एक हजार ७ सय १५ वटा वडाध्यक्ष जितेको छ ।

नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय २ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ८ वटा उपमेयररउपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९ सय १९ वटा वडाध्यक्ष पद जितेको छ ।

नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर जितेको छ । जनता समाजवादी पार्टीले १३ वटामा र अन्यले २५ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका छन् । त्यस्तै उपमेयर तथा उपाध्यक्षमा एकीकृत समाजवादीले ६, जनता समाजवादी पार्टीले ११ र अन्यले २५ वटा पालिकामा जितेका छन् ।