काठमाडौं । काठमाडौं महानगरमा नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ । महानगरको वडा नम्बर १५ मा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै ईश्वरमान डंगोल निर्वाचित भएका हुन् ।
डंगोलले कांग्रेसका उम्मेदवार जीवन डंगोललाई फराकिलो अन्तरले पराजित गरे । निर्वाचित डंगोलले तीन हजार ४७६ मत ल्याए ।
कांग्रेस उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए । एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत ल्याए ।
ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।