चार किलो चाँदीका गहनासहित एक भारतीय पक्राउ

सप्तरी । सशस्त्र प्रहरी सीमा सुरक्षाबलले भारी परिमाणको चाँदीका तयारी गहना सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको विओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका ९ स्थित इँटा भट्टा नजिकबाट भारतको विहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत ११ कामट टोल बस्ने २२ वर्षीय बशिष्ठ चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट ४ लाख ३८ हजार ९५७ रुपैयाँ बराबरको २८ जोडी ९४ किलो० चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र सीमा सुरक्षाबलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए । चौधरी कम्मरमा लुकाएर ल्याउदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना बरामद भएको हो । चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।