१७ वर्षसम्म उमेर समुहका व्यक्तिले आजबाट कोरोनाको बुस्टर डोज लगाउन सक्ने

काठमाडौं । आजबाट १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सक्ने भएका छन् । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् । यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उनीहरुलाई आजबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप दिने सरकारको तयारी छ ।

यसअघि जुन खोप लगाएकाले पनि बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप लगाउन सक्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । १२ देखि १७ बर्षसम्मका बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाए पनि हुने भएको छ । पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउन सकिने भएको छ ।