दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट र मेगा गाभिने, बन्ने भयो नेपालकै ठूलो बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभिने भएका छन् । शुक्रबार इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै दुई बैंक गाभिने निश्चित बनेको छ । इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता स्वाप रेसियो हुनेगरी मर्जर गर्ने प्रारम्भिक सहमति भएको हो ।

इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ। त्यसपछि बन्ने बैंक नेपालकै सबैभन्दा ठूलो हुनेछ। बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुने भएको छ । यी दुई बैंकको १ बराबर ०.९ प्रतिशत स्वाप रेसिया कायम हुँदा चुक्ता पुँजी ३२ अर्ब ८० करोड रूपैयाँ पुग्छ ।