न्युयोर्क
बिद्यालयमा सवै विद्यार्थीका लागि समान पोसाक लगाउनु पर्ने ब्यवस्था नगरेका कारण अमेरिकाको एक सरकारी बिद्यालयमा दु:खदायी घटना घटेको छ । टेनेसी राज्यस्थित मार्टिन लुथर किंग बिद्यालयमा भर्खरै हाई स्कुल भर्ना भएका एक विद्यार्थीलाई आफ्नै कक्षामा अध्ययनरत विद्यार्थीहरुले हरेक दिन एउटै लुगा लगाएर आएको भन्दै जिस्क्याए पछी माथिल्लो कक्षामा अध्ययनरत अन्य दुई विद्यार्थीले आफ्नै पोसाक दिएको घटना सामाजिक संजालमा ब्यापक हुन पुगेको छ । ती राम्रो मन भएका दुई विद्यार्थीले झोलामा हालेर पोसाक दिदै गरेको हृदयबिदारक भिडियो अहिले सामाजिक संजालमा ब्यापक प्रचार भएको छ । क्रिस्टोफर गराम र एयान्टविन गरेट नामका दुई विद्यार्थीले आफ्ना केही पुराना र नयाँ लुगाको साथमा केही जोर नयाँ जुत्ता समेत दिएका थिए ।
माईकल टोड नामका एक बालकलाई बिद्यालय गएको केही दिन दिनदेखि नै आफ्नै कक्षामा अध्ययन गर्ने साथीहरुले उनको रुपको बारेमा हरेक दिन जसो खिसी गर्न थालेका थिए । टोडलाई जिस्क्याउनेहरुको दाबी छ कि उनले हरेक दिन एउटै पोशाक लगाएर बिद्यालय आए । पिडित विद्यार्थी टोडले जिस्क्याउने गिज्याउनेहरुलाई भनेका छँन् “आफु धेरै छिटो छिटो बढेको कारण आफ्नी आमाले लुगा किनेरै भ्याईनन् त्यही भएर फरक लुगा लगाउन पाईन” ।
डब्लु एच बि क्यु -टिभीसँगको कुराकानीमा क्रिस्टोफरले भनेका छँन् “मैले जब केही मान्छेहरुले गिज्याएको देखें, तब मलाई एकदम दु:ख लाग्यो र केही जोर नयाँ जुत्ताको साथमा लुगा दिएको हुँ ।”
दुई साथीहरुले लुगा र जुत्ता दिए पछी माईकल टोडले युएस ए टुडेसँग भनेका छन् कि; “यो दिन मेरा लागि सबैभन्दा उत्तम दिन हो र यि दुई साथीहरु मेरो जीवनको सबैभन्दा राम्रा मानिस हुन् ।” समाचार भाईरल भए पछी अहिले माईकललाई चन्दा दिने र लुगा दिन चाहनेहरु थुप्रै बाहिर आएका छन ।
अमेरिकाका अधिकांश सरकारी बिद्यालयहरुमा बिद्यालयको आफ्नै युनिफर्म तोकिने गरिएको छैन ।