बजेटमा उठेका प्रश्नको जवाफ आजबाट मन्त्रीहरुले संसदमा दिँदै

काठमाडौं । ससदमा बजेट अधिवेशन जारी छ । १५ जेठमा ल्याएको बजेटमा आइतबारसम्म मन्त्रालयगत छलफल जारी थियो । ती छलmफलमा उठेका विषयवस्तुबारे सोमबारबाट मन्त्रीहरुले जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको बैठक आज जेठ ३० गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार सोमबार ८ मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।

सोमबार कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपन्क्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । सम्बन्धित मन्त्रीहरुले जवाफ दिने काम सकिएपछि बजेट पारित हुने छ ।