बिहानैबाट मेघ गर्जनसहित उपत्यका र विभिन्न स्थानमा ठूलो वर्षा, दिउँसो के हुनेछ ?

काठमाडौं । मंगलबार बिहान प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेग गर्जन र चट्याङ्ग सहित मध्यम वर्षा जारी छ । दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाको छ । महाशाखाका अनुसार प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, मधेश प्रदेश, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

अहिले देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू(भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ। भोलि बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ।

बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ । आज ठूला नदीको सतह जोखिमको स्तर भन्दा तल नै रहने भएको छ ।