न्युजर्सी
अमेरिकाको न्युजर्सी राज्यको नेवार्क सहरमा बिहीबार साँझ भएको गोलीकाण्डमा एक किशोर सहित कुल नौ जनालाई गोली हानिएको अधिकारीहरूले बताएका छन्।
घटना बिहीवार साँझ ६ बजेर २० मिनेट जाँदा भएको थियो। गोलीकाण्ड बोडेगाको बाहिरपट्टी शेफर्ड र क्लिन्टन प्लेसको कुनामा भएको हो ।
गोली लागी घाईते भएका चार वयस्क र एक १७ वर्षीया किशोरिलाई नेवार्क बेथ इजरायल मेडिकल सेन्टरमा घाईते अवस्थामा उपचारको लागि ल्याईएको थियो ।
अन्य चार वयस्क पीडितहरूलाई पनि बन्दुकको गोली लागेर युनिभर्सिटी अस्पतालमा लगिएको थियो। सबै नौ घाइतेको अवस्था स्थिर रहेको अधिकारीहरूले जनाएका छन्।
नेवार्कका अधिकारीहरूका अनुसार घटनास्थलमा जर्सी सिटीबाट चोरी भएर खोजीमा रहेको सेतो होन्डा पाइलट कार भेटिएको छ ।
अधिकारीहरुको प्राम्म्भिक अनुमानमा गाडी भित्रबाट गोली चलाएको देखिन्छ ।
Photo: FoxTV