आइतबार पनि मौसम प्रतिकुल, पहाडमा पहिरोको जोखिम

काठमाडौं । आइतबार देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । बिहान मधेस प्रदेश, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सामान्यतया मौसम सफा रहनेछ छ । आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।