काटमाठौं । आजबाट मुलुकमा नयाँ आर्थिक वर्ष २०७९\८० शुरु भएको छ । अब सरकारले १५ जेठमा ल्याएको नयाँ बजेट कार्यान्वयनमा आएको छ । सरकारले यस वर्ष कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ । आयकरमा व्यक्ति र दम्पत्तिको हकमा करमा केही सहुलीयत प्राप्त भएको छ । अघिल्लो आवमा कमजोर विकास खर्च गरेको सरकारले यस वर्ष नयाँ विकास नीति ल्याउने घोषणा गरेको छ । आर्थिक वृद्धि ७ प्रतिशत कायम गर्ने भनेको सरकारले मुद्रा स्फीतिमा समेत नियन्त्रण गर्ने भनेको छ । तर, बाह्य कारणले यो चूनौतिपूर्ण देखिएको छ ।
घट्दो पूँजीबजारुका लगानीकर्ताले समेत नयाँ बजेटको कार्यान्वयनलाई रुचीपूर्वक हेरेका छन् । यस आवबाट वैदेशिक रोजगारीमा गएका नेपालीले आइपीओमा कोटा पाउने भएका छन् । गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी बढाउन प्रोत्साहन गर्ने नीति समेत सरकारले लिएको छ । यसआब बाट नेपालमा सेवा दिने विदेशी सूचना प्रविधिसँग सम्बन्धित कम्पनीले २ प्रतिशत सेवा शूल्क तिर्नुपर्छ । यसले फेसबुक, टिकटकको व्यापार करको दायरामा आएको छ ।