काठमाडौं । काठमाडौं उपत्यकामा मनसुनकै मौसममा ३२ डिग्रि सेल्सियस तापक्रम मापन भएको छ । सामान्यतया प्रि मनसुनको समयमा मात्र काठमाडौंमा यो तापक्रम मापन हुने गरेको थियो । मनसुनमा केही दिनयता ब्रेक लागेको छ । जसले गर्दा देशभर तापक्रम बढेको हो । गर्मीका कारण तराई भेगको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ ।
वीरगन्ज, हेटौडालगायतमा विद्यालयहरु बन्द गरिएका छन् । काठमाडौंमा आइतबार ३२.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी र प्रदेश(१ को मौसम आंशिकदेखि सामान्य बदली भए पनि अन्य प्रदेशमा भने बिहानैदेखि घाम चर्किएको छ । मंगलबारबाट भने पुनः वर्षा हुने अनुमान गरिएको छ ।