साउदी अरबले प्रतिदिन १३ लाख ब्यारेल तेल उत्पादन गर्ने, विश्व बजारमा कस्तो पर्छ प्रभाव ?

रियाद । साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ ।यसअघि साउदीले दैनिक १० लाख ब्यारेलसम्म उत्पादन गर्दै आएको थिया ।

शनिबार राज्यले तेल उत्पादनलाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको हो ।

साउदी अरबमा इन्धन उत्पादन थप बढाउने क्षमता नहुने पनि उनले बताए । उनको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेन र खाडी सहयोग परिषद्का अन्य सदस्य राष्ट्रहरू, इजिप्ट, जोर्डन र इराकका नेताहरूसँग जेद्दामा भएको शिखर सम्मेलनको क्रममा शनिबार भएको हो ।

राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डोर्याउने बताए । यसले गम्भीर चुनौतीहरूको समयमा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने एकीकृत प्रयासलाई आग्रह गर्दछ ।

अमेरिका र पश्चिमा मुलुकहरुले फेब्रुअरीमा रुसको तेल निर्यातमा प्रतिन्ध लगाएसँगै विश्व बजारमा तेलको भाउ ह्वात्तै बढेको थियो । यद्यपि, पछिल्लो दुई महिना यता भने लगातार घटिरहेको छ । एजेन्सी