झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १.१५ अंकले बढेर २१९६.२५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २१७ कम्पनीको ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँ बराबरको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेकोे छ । आइतवार ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहमध्ये ५ वटा हरियो भएको छ भने अन्य घटेको छ । आज तीन कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । बुटवल पावर कम्पनी, सिटिजन्स म्युचुअल फण्ड २ र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले बढेको हो ।

नेप्सेका अनुसार आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज ३८ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।

हिमालयन डिस्टिलरीको १६ करोड २७ लाखको कारोबार भएको छ ।