दैनिक कृयाकलापको क्रममा मानिस एक्लै हिंडडुल गर्दा एकान्त ठाउँमा अकस्मात लडेर बेहोस भयो भने एम्बुलेन्स वा चिकित्सकलाई स्वयम् लडेको ब्यक्तीले खबर गर्न सक्ने त कुरै भएन । यस्तो अवस्थामा त्यो लडेको ब्यक्तीको मृत्यु समेत हुन सक्दछ वा घाईते मानिसको ज्यानमा जोखिम धेरै हुन पुग्दछ । अमेरिकाको वासिङ्टन राज्यमा बसोबास गर्दै आएका बब बर्डेट नामका एक ब्यक्तीले यस्तै परिस्थितीको सामना गर्नु पर्यो । उनी गत १५ तारिख अाईतबार एक्लै साईकल चढेर गईरहेका थिए । बाटोमा अकस्मात साईकल ठोक्किन पुग्दा उनी साईकलबाट लडे । उनको टाउको सडक किनारामा ठोक्किन पुग्यो र तत्काल बेहोस् पनि भए । लडेर घाईते भएका उनलाई उपचारको लागि अस्पतालसम्म पुर्याउनका लागि खबर गर्ने वरिपरि कोही मान्छे थिएन तर उनले हातमा बाँधेको एपल कम्पनीको एपल घडीले उनी लडेको थाहा पायो र प्रहरी हण्टिङ लाईन ९११ मा तत्काल स्वचालित रुपमा फोन गर्यो । ९११ मा फोन आएपछि फोन गर्ने मानिसबाट प्रतिउत्तर नआए पनि लोकेसनमा प्रहरी र एम्बुलेन्स तत्कालनै पुगेका थिए । बबले हातमा बाँधेको एपल घडीले प्रहरी बोलाउने काम मात्र गरेन उसले उनको छोरा गेब बर्डेटलाई समेत स्वचालित टेक्स्ट मेसेज पठाई दियो । घाइते बबको छोरा गेब बर्डेट आफ्नो बाबुसंगै पार्कमा माउनटेन बाईकिङ जानको लागि कतै बसेर बाटोमा आउँदै गरेका आफ्नो बाउलाई कुर्दै थिए । अकस्मात बाबुको फोनबाट लोकेसन सहित “हार्ड फल डिटेक्टेड” मतलब लडेको पत्ता लाग्यो भनेर टेक्स्ट मेसेज आयो र गेब कुदेर उक्त लोकेसनमा पुगे तर उनको बाबु बब त्यहाँ थिएनन् । त्यहाँ पुग्ने बित्तिकै छोरा गेबलाई पुनः बाबुको नम्बरबाट अर्को टेक्स्ट आयो जसमा लेखिएको थियो; लोकेसन चेन्ज्ड अनी साथमा एस एच् एम सि अस्पतालको लोकेसन समेत एप्पल वाचले पठाएको थियो । त्यस पछि छोरा गेब अस्पताल पुगेर आफ्नो बाबुलाई भेटेका थिए ।
गेबले गत शुक्रबार आफ्नो फेसबुकमा लेखेको अचम्म लाग्दो घटना अहिले सामाजिक संजालमा भाईरल भई रहेको छ । गेबले लेखेका छन् उक्त दिन २ घण्टा जती मेरो बाबुलाई अस्पातलमा राखेर एक्स रे सिटी स्क्यान गरियो । मेरो पिताको स्वास्थ अवस्था सामान्य छ । यदि कसैले एप्पल वाच लगाएको छ भने “हार्ड फल डिटेक्सन सेट अप” गर्न नभुल्नु होला ।
श्रोत : न्युयोर्क पोष्ट