न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा एक सार्वजनिक मञ्चमा छुरा प्रहारबाट गम्भीर घाइते भएका ब्रिटिश लेखक सलमान रुश्दीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । चिकित्सकलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार उनलाई भेन्टिलेटरबाट हटाइएको छ । उनी अब बोल्न सक्ने अवस्थामा रहेका छन् । उनीमाथि आक्रमणकारीले १४\१५ पटक छुरा प्रहार गरेको पाइएको छ ।
यसमध्ये फोक्सोसम्म चोट लागेको छ । बुकर पुरस्कार विजेता रुश्दीमाथि २४ वर्षिय युवाले चक्कु हानेका थिए । उनले कुन उद्देश्यले रुश्लदीमाथि आक्रमण गरेका हुन् भन्ने खुलेको छैन । रुश्दीको पुस्तक द सैटेनिक भर्सेज सार्वजनिक भएसँगै उनीमाथि कैयौं मुलुकबाट ज्यान मार्ने धम्की आउन थालेको हो । यो पुस्तक भारतमा समेत प्रतिवन्धमा छ । उनी भारतीय मूलका लेखक हुन् ।