बन्चरे डाँडाको अवरोधमा एमालले पनि साथ दिएपछि बालेन अझ आक्रोसित

काठमाडौं । बन्चरे डाँडामा सोमबार समेत अवरोध निरन्तर रहेपछि दिनभर स्थानयि र प्रहरीबीच तनाव भइरह्यो । फोहोर फाल्न ठूलो संख्यामा प्रहरी परिचालन गर्नु परेको छ । यसबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) झनै आक्रोसित बनेका छन् । साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको र यसमा सत्तारुढ दलसँगै विपक्षीले समेत साथ दिएकोमा दुखः व्यक्त गरेका छन् । सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरे ।

बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा उनले असन्तुष्टि जनाए । ‘२०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ रु पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?’ बालेनले प्रश्न गरे ।

उनले फोहोर लैजाने कुरा सहज नहुनमा सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरिएको र यसमा विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको उनले उल्लेख गरेका छन् । उनका अनुसार आज २०० भन्दा बढी प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगिएको छ । आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकिएको समेत उनले जनाएका छन् ।