चितवन । चितवनमा नेकपा समर्थक कार्यक्रताले ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेका छन् ।
भ्रष्टाचारको विरोध भन्दै ‘नेपालका लागि नेपाली’ अभियान चलाइरहेका शाहीमाथि चितवनमा नेकपा कार्यक्रताले अन्धाधुन्ध आक्रामण गरेका हुन् ।
शाही उनै व्यक्ति हुन, जसले केही साता अगाडी नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईलाई अपमान गरेका थिए ।
त्यसपछि नेकपा कार्यक्रताले उनलाई निसाना बनाइरहेका छन् । उक्त अभियानद्वारा शनिबार भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ नामक सभा राखेको थियो ।
सभामा उनले सम्बोधन गर्ने कार्यक्रम थियो । कार्यक्रम विथोल्न पुगेका नेकपा कार्यक्रताले राजावादीको कार्यक्रम भन्दै आक्रमण गरेका थिए ।
उनी चढेको गाढीमाथि नै आक्रमण भएपछि शाही घाइते भएका छन् । उनलाई प्रहरीले उद्दार गरेको थियो ।
प्रहरीले शाहीलाई काठमाडौं पठाएको छ । त्यसअगाडी उनलाई चितवन मेडिकल कलेजमा प्राथमिक उपचार गरिएको थियो । नेकपा कार्यक्रताले कतिपय जिल्लामा शाहीलाई प्रवेश निषेध नै घोषणा गरेका छन् ।