काठमाडौं । संस्कृतिविद् एवम वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनको अवस्था चिन्ताजनक रहेको जानकारी गराएको छ । ‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले भनेका छन् ।
गत २३ असोजदेखि जोशीको छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको बज्राचार्यले जानकारी दिए । मुटुको चालमा समेत समस्या देखिएका उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् । किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ । घरमा समेत नर्स पठाएर सेवा दिंदै आएको थियो ।