काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा पुर्याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहेको चिकित्सकले बताएका छन् । अहिले भने उनको अवस्था स्थिर छ ।
उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको छ । उनलाई केही दिन अस्पताल राखेर मंगलबारमात्रै डिस्चार्ज गरेर घर पठाइएको थियो । सीता दाहाल लामो समयदेखि स्नायू प्रणालीसँग सम्बन्धित जटिल रोगबाट ग्रस्त छिन् ।