अभिभावक चनाखो नहुँदा बुधबार बिहान ब्यस्त म्यानहाटनको ट्रेन स्टेसनबाट एक ४ वर्षीया बालिका छलिएर हराएकी छिन् । संगै रहेको आफ्नी आमाबाट अकस्मात छलिन पुग्दा बालिका हराएकी हुन् ।
क्याट्लिन ब्राउन नामकी ती बालिका अन्तिम पटक म्यानह्याटनस्थित ५९ स्ट्रिट एण्ड लेग्जिङ्टन एभेन्यूको ट्रेन स्टेसनमा देखिएकी थिईन । सेतो रङको पातलो ज्याकेट, निलो रङको जिन्स र निलै रङको स्निकर (जुत्ता) लगाएकी बालिका बुधबार बिहान साँढे आठ बजेबाट हराई रहेकी छिन् ।
तत्काल प्रहरीले आवश्य खोजी कार्य गरेता पनि बालिका नभेटिएकोले कसैले बालिकलाई देखेमा प्रहरीलाई खबर गरिदिनु हुन अनुरोध गरिएको छ ।
श्रोत :न् युज ४ न्यूयोर्क