देशैभरी मतगणना शुरु, प्रारम्भिक नतिजामा रवि लामिछानेको पार्टी आक्रामक रुपमा अगाडी

काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै शुरु भएको छ ।

देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य हुदैँछ ।

साथै, आइतवार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना शुरु गर्ने तयारी भइरहेको छ।

कास्की–२मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर–२ मा एमालेलाई पछयाउँदै आएको छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घण्टी आक्रमक रुपमा देखिएको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले नेकपा एमाले र सत्ताधारी गठवन्धनलाई पछि पादै सुरुवाती अग्रता लिएका छन् । 

कुल ५४१ मत गणना हुँदा स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह)का माधव कंडेल १६२ मतका साथ अगाडि छन् । त्यस्तै, एमाले (सूर्य चुनाव चिन्ह)की विद्या भट्टराईको १२२ र सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका श्रीनाथ बरालले ११ मत पाएका छन् ।