काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा बेल्जियम र क्यानडाले हार बेहोरेका छन् । यससँगै क्यानडा समूह चरणबाटै बाहिरिने दोस्रो टिम बनेको छ । आइतबार खालिफा अन्तर्राष्ट्रिय रंगशालमा विश्वकपको डेब्यू गोल गर्दै क्रोएसियाविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा क्यानडा ४–१ ले पराजित भयो ।
पहिलो खेलमा बेल्जियमसँग पराजित भएको क्यानडा लगातार दोस्रो हारपछि अंकविहीन छ । पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेपछि दवावमा परेको साविक उपविजेता क्रोएसियाले एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकाल्दा आन्द्रे क्रामारिचले दुई गोल गरे । खेलको दोस्रो मिनेटमै क्यानडाका अल्पोन्सो डेभिसको गोलबाट क्रोएसिया पछि परेको थियो । तर, क्रामारिकले इभान पेरिसिचको पासमा ३६ औं मिनेटमा बराबरी गोल फर्काए ।
५५औं मिनेटमा मार्कोलिभाजाले जुरानोभितको पासमा गोल गर्दै क्रोएसियालाई पहिलो हाफमै २(१ को अग्रता दिलाए । दोस्रो हाफमा क्रोएसियाले थप दुई गोल गर्यो । क्रामारिचले ७०औं मिनेटमा पेरिसिचकै पासमा व्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी टाइममा लोभरो मेजरले माटेओ कोभासिसको पासमा गोल गर्द क्रोएसियालाई ४–१ को जित दिलाए ।
पहिलो खेलमा गोल गर्न नसकेको क्रोएसिया दोस्रो खेलमा जितपछि समूह एफमा दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । क्रोएसिया अन्तिम १६ मा पुग्नका लागि सहज अवस्थामा समेत छ । क्रोएसियाले अब अन्तिम खेलमा बेल्जियमसँग खेल्नेछ । उक्त खेलमा हार टारे मात्र पनि क्रोएसियाले अन्तिम १६ मा स्थान बनाउनेछ ।
आइतबारै भएको खेलमा मोरक्कोसँग २–० ले पराजित भएको बेल्जियमको दुई खेलबाट ३ अंक छ र तेस्रो स्थानमा झरेको छ । क्रोएसियाको जितपछि बेल्जियमलाई अन्तिम १६ मा पुग्न पनि कठिन हुने देखिएको छ । बेल्जियमले अब आफ्नो खेल जित्नुका साथै अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ । क्रोएसियासँग पराजित भए बेल्जियम समूह चरणबाटै बाहिरिनेछ ।