नेप्सेमा झिनो गिरावट, एक अर्बको पनि भएन कारोबार

काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ ।

साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ३.५१ अंकले घटेर १९५९.८५ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३८ कम्पनीको ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ बराबरको २३ लाख ५५ हजार ८४५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा बढेको छ भने अन्य घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड ७९ रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ४ करोड १५ लाखको कारोबार भएको छ ।