काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ बाट महिलाका नाममा नयाँ इतिहास बन्दैछ । विश्वकप इतिहासमा पहिलो पटक महिला रेफ्रीले पुरै खेल खेलाउँदैछन् । विश्वकपअन्तर्गत बिहीबार राति समूह ‘ई’ का कोस्टारिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिला रहनेछन् । फिफा विश्वकपको पुरुषको स्पर्धा खेलाउने उनीहरु पहिलो महिला रेफ्री बन्ने कीर्तिमान बन्दैछ ।
३८ वर्षीय फ्रेञ्च रेफ्री स्टेफिन फ्रापपार्ट मूख्य रेफ्रीको भूमिकामा हुनेछिन् । सहायक रेफ्रीमा नेउजा ब्याक र कारेन डियाज हुनेछन्। स्टेफिनले फुटबल इतिहासमा पुरुष प्रतिस्पर्धा यसअघि नै खेलाइसकेकी छिन् । यसअघि उनले फ्रेञ्च लिग वान र यूईएफए च्याम्पियन्स लिग खेलमा रेफ्री गरेर इतिहास बनाइसकेकी छिन् ।