विश्वकप : उच्च दवावका बीच अर्जेण्टिनाको सानदार जित, बन्यो समूह विजेता

काठमाडौं । समूहको अन्तिम खेलमा जित्नै पर्ने उच्च दवावका बीच मैदान उत्रिएको अर्जेण्टिनाले पोल्याण्डमाथि प्रभावशाली जित निकालेको छ । अर्जेन्टिना फिफा विश्वकपमा आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश समेत गरेको छ । साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । हारे पनि पोल्याण्ड समेत समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

समूह सी मा समान ४ अंक भए पनि पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पारेको हो । अन्तिम १६ मा अर्जेण्टिना र अस्ट्रेलिया भिड्ने भएका छन् । दोस्रो हाफमा ब्राइटनका एलेक्सिस म्याक अलिस्टर र म्यानचेस्टर सिटीका जुलियर अल्भारेजले गोल गर्दै जित सुनिश्चित गरेका हुन् । अर्जेन्टिना खेलमा पूरा समय हाबी भएको छ । पोल्याण्ड गोलरक्षक ओजिच जेस्नीले मेसीको पेनाल्टी रोकेका थिए ।