काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्न लागेको हो । प्रतियोगिता नाििबयामा हुँदैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालले लिग टुमा पहिलो शृंखला खेल्दैछ । विन्डहोकमा हुने खेलमा नेपाल घरेलु टोली नामिबिया विरुद्ध ओडिआईमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैंछ । पछिल्लो पटक नेपाल, नामिबिया र स्कटल्याण्ड नै सहभागी शृखंला जुलाईमा स्कटल्याण्डमा भएको थियो । त्यसबेला नेपालले नामिबिया विरुद्धको दुवै खेल हारेको हो ।
नामिबिया २७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ । २० खेलबाट नेपाल १७ अंक सहित छैटौं स्थानमा छ । स्कटल्याण्ड २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ । लिग टुमा शीर्ष तीनमा रहँदै ग्लोबल क्वालिफाइरमा पुग्ने हो भने नेपालका लागि अहिलेको र बाँकी सबै शृंखलामा अधिकतम जित निकाल्नु पर्छ ।