रोकिएन् शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५३ कम्पनीको १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । बैक समूह सबैभन्दा धेरै २.३० प्रतिशतले घटेको छ ।

घट्दो बजारमा सीवाइसी नेपाल र समिट लघुवित्तको शेयर मूल्यमा पोजेटिक सर्किट लागेको छ । शिवम् सिमेन्टको शेयरको सर्वाधिक कारोबार भएको छ । यसको ६७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै, नविल बैंकको ४ करोड ५२ हिमालयन डिस्ट्रीलरी साढे ३ करोड बढीको कारोबार भएको छ ।

लगातार नेप्से परिसूचक लगातार घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।