काठमाडौं । सन् २०२२ को तेस्रो त्रैमासमा साउदी अरेबियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ८.८ प्रतिशतले बढेको हो । तेलको कारोबार बढेपछि साउदीको अर्थतन्त्रमा उल्लेख्य वृद्धि भएको हो ।
सन् २०२१ को तुलनामा यस वर्ष तेलको कारोबार १४.२ प्रतिशतले बढेको साउदीको सरकारी तथ्यांकले देखाएको छ । साथै, तेल बाहेकका अन्य गतिविधिहरुमा पनि ६ प्रतिशतले वृद्धि भएपछि जीडीपी सुधार भएको हो ।
यस अवधिमा साउदी अरबको जीडीपी २ खर्ब ७५ अर्ब अमेरिकी डलर भन्दा बढी पुगेको छ । जीडीपीमा कच्चा पेट्रोलियम र प्राकृतिक ग्यासको हिस्सा ३५.२ प्रतिशत पुगेको छ ।
यसैगरी, जीडीपीमा तेल बाहेकका निजी क्षेत्रको ५०.७ प्रतिशत हिस्सा योगदान गरेका छन् ।