काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल एक लामो साइकल यात्रामा निस्किएका छन् । उनी काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जाने गरी यात्रामा निस्किएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी गराएका छन् ।
भारत हुँदै आफूले झन्डै ८५० किलोमिटर यात्रा गर्ने र क्रिसमस मनाउन ढाका पुग्ने लक्ष्य रहेको उनको भनाई छ । प्रिन्ज सन् २०२१ देखि नेपालमा राजदूत छन्। उनले यो यात्राको उद्देश्य भने खुलाएका छैनन् ।