रोकिएन् शेयर बजारको ओरालो यात्रा

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५४ कम्पनीको १ अर्ब, १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच भएका छन् ।

दोहोरो अंकले घटेको बजारमा इष्टर्न हाइड्रोपावर र रुरु जलविद्युत कम्पनीको शेयरमूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनसीसी बैंकको भएको छ । यसको आज २२ करोड ८९ लाख भन्दा बढीको कारोबार भएको छ ।