कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरेका हुन् ।

देउवाले ६४ र गगन थापाले २५ मत पाएका छन् । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

थापालाई महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए । तर यसको औपचारिक घोषणा हुन बाँकी छ।