राहदानी वितरणको काम अनिश्चितकालका लागि रोकियो

काठमाडौं । राहदानी विभागले राहदानी वितरण अनिश्चितकालका लागि बन्द गरेको छ । विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि अर्को सूचना जारी नहुदाँसम्म राहदानी लिन लागि विभागमा नआउन अनुरोध गरेको छ ।

सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभाग क्षमाप्रार्थी छ ।’