काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सही थियो वा थिएन भन्ने कुरा अहिलेको सत्ता साझेदार दलको विषय नभएको बताएका छन् ।
विश्वासको मतको प्रस्तावमाथि उठेको प्रश्नमा उनले भने, “हिजो संसद् विघटन गर्नु सही थियो/थिएन अहिले सत्ता साझेदारभित्रको विषय होइन । हामी सबैलाई थाहा भएकै कुरा हो ।”
ओलीले संसद् विघटन सही थियो भनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विघटनबारे गठबन्धनको धारण के हो भन्दै सोधेका थिए ।
उनले संविधान बनाउँदा विगतका विघटनको अनुभव गरिएको बताए । उनले अन्तिम समयसम्म संविधानको रक्षा गर्ने बताए ।