क्यालिफोर्निया : आफु नियमित जाने नाचघरमै गोली हानेर लिए ७२ वर्षिय वृद्धले ११ जनाको ज्यान

क्यालिफोर्निया\बीबीसी। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको घातक गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। उपचारका क्रममा रहेका थप एक जनाको अत्यधिक चोटका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन्। गोलीकाण्डमा नौ जना घाइते भएका छन्।

उक्त संलग्न भएको आशङ्का गरिएका व्यक्तिको परिचय खुलेको प्रहरीले जनाएको छ। चान्द्रमानअनुसार मनाइने चिनियाँ नववर्षको उत्सव मनाउन आयोजित कार्यमक्रमपछि लस एन्जलिसनजिकै एउटा सानो सहरमा शनिवार राति उक्त घटना भएको थियो। प्रहरीका अनुसार सन्दिग्ध आक्रमणकारी एक ७२ वर्षीय पुरुष हुन्।

उनले मन्टरे पार्क सहरस्थित एउटा नाचघरभित्र स्टूडिओमा प्रवेश गरेर गोली चलाएका थिए। ती सन्दिग्ध व्यक्तिको नाम हु कान ट्रान भएको प्रहरीले जनाएको छ। पछि उनलाई एउटा सेतो भ्यानमा मृतावस्थामा फेला पारिएको थियो। प्रहरीले सन्दिग्ध आक्रमणकारीलाई मृतावस्थामा फेला पारेको थियो । घटनापछि भागेका उनको व्यापक खोजी भएको थियो। उनी भागेर एउटा सेतो भ्यानमा लुगेका थिए र प्रहरीहरूले त्यो भ्यानलाई १२ घण्टासम्म घेरेर राखेका थिए।

लस एन्जलिस काउन्टीका प्रहरी अधिकारी रोबर्ट ल्युनाका अनुसार गोली लागेको अवस्थामा उनको शरीर भेटिएको थियो र उनलाई तत्काल मृत घोषित गरिएको थियो। प्रहरीले उनले आफैँलाई गोली प्रहार गरेको दाबी गरेको छ। गोलीकाण्ड भएको सहरमा एशियाली मूलका मानिसहरूको ठूलो बसोबास छ।
आक्रमणकारी पनि एशियाली मूलकै हुन्।

सीएनएनले हेरेको दस्तावेजअनुसार ट्रान चीनबाट आएका आप्रवासी हुन् र उनले केही समय ट्रक चलाएका थिए। मन्टरे पार्कस्थित आफ्नो घर बेचेर उनी सन् २०१३ मा लस एन्जलिसबाट १३७ किलोमिटर पूर्वस्थित अर्को ठाउँमा सरेका थिए। उनकी पूर्वपत्नीले शनिवार घटना भएको नाचघरमा ट्रान पहिला नियमित जाने गरेको र उनीसँग आफ्नो पहिलो भेट पनि त्यहीँ भएको सीएनएनलाई बताएकी छन्। तर त्यति घातक घटना गराउनुको उद्देश्य खुलेको छैन।

अस्पतालमा भएका घाइतेमध्ये केही अझै गम्भीर अवस्थामा भएको प्रहरीले जनाएको छ। एक पुराना साथीले सन् २००० को दशक र २०१० को दशकको सुरुतिर ट्रान दैनिकजसो उक्त नाचघरमा जाने गरेको बताए। तर उनका अनुसार ट्रानको उक्त नाचघरमा धेरै जनासँग शत्रुता थियो र उनले त्यहाँका प्रशिक्षकले आफूलाई मन पराउँदैनन् र आफूबारे नराम्रो कुरा गर्छन् भन्ठान्थेँ। गोली लागेर घाइते भएकाहरूलाई अस्पताल लगिएको छ ।

प्रहरी अधिकारी ल्युनाका अनुसार ज्यान गुमाउने ११ जना मध्ये चार जनाको सनाखत भएको छ। तर उनीहरू ५० देखि ६० वर्षउँभोका र केही अझ पाका देखिन्छन् । त्यसअघि अधिकारीहरूले मृतकमध्ये पाँच पुरुष र पाँच महिला भएको बताएका थिए। उनीहरू सम्भवतः सबै जना एशियाली मूलका भएको बताइएको छ।

स्थानीय समयानुसार शनिवार राति १०ः२२ बजे मन्टरे पार्कमा अवस्थित प्रसिद्ध स्टार बलरूम ड्यान्स स्टूडिओमा सन्दिग्ध आक्रमणकारीले गोली चलाउन थालेका थिए। घटनास्थल लस एन्जलिसको मध्यभागबाट झन्डै ११ किलोमिटर पूर्वमा पर्छ। प्रहरी प्रमुख स्कट भीजले आफ्ना सुरक्षाकर्मीहरू घटनास्थलमा पुग्दा त्यहाँ नरसंहार भएको पाएको बताएका छन्। उनका अनुसार केही महिनाअघि मात्रै तालिम सकेर सेवामा आएका जवानहरू घटनास्थलमा पहिलो पटक पुगेका थिए।

त्यहाँ भित्र घाइते मानिस थिए र मारिएका मानिस पनि थिए । त्यसको ३० मिनेटपछि नजिकै रहेको अर्को सहर एल्हाम्ब्रामा बन्दुक बोकेका एक व्यक्ति एउटा पुगे। त्यहाँ प्रवेश गर्नासाथ दुई व्यक्तिले उनलाई रोके अनि उनीसँग भएको हतिहार खोसे। त्यो अर्धस्वचालित असल्ट पिस्टल थियो।

त्यसमा बढी गोली हाल्न मिल्नेगरी बाहिर निस्किएको एउटा म्यागजीन पनि थियो। प्रहरीले उक्त हतियार क्यालिफोर्नियाम गैरकानुनी भएको हुनसक्ने जनाएको छ। तर त्यसबारे थप अनुसन्धान हुन बाँकी छ। ती सशस्त्र व्यक्तिबाट बन्दुक खोस्ने दुई जनालाई वीर को सङ्ज्ञा दिँदै प्रहरीले उनीहरूको प्रशंसा गरेको छ।


गोलीकाण्ड भएको झन्डै १़२ घण्टापछि विशेष तालिमप्राप्त प्रहरीहरूको एउटा समूहले टोरेन्समा एउटा पार्किङस्थलमा एउटा सेतो भ्यानलाई घेरा हाले।

उक्त स्थान शनिवार राति घटना भएको ठाउँबाट झन्डै ४८ किलोमिटर पर छ। नजिकै पुग्दा प्रहरीहरूले गाडीभित्र एक पटक गोली चलेको आवाज सुने। त्यहाँ उनीहरूले गाडीको स्टीअरिङमा ती सन्दिग्ध व्यक्ति घोप्टिरहेको फेला पारे। त्यहाँ उनीहरूले एउटा ह्यान्डगन पनि फेला पारे।

मन्टरे पार्कमा आक्रमण गर्ने सन्दिग्ध व्यक्ति उनी नै भएको प्रहरीले पहिचान गर्‍यो। प्रहरीका अनुसार उनले एक्लै आक्रमण गरेको र घटनामा अरू कोही संलग्न नभएको ‍ठानिएको छ। प्रहरीले उक्त भ्यानमा प्रयोग गरिएको नम्बर प्लेट फर्जी हुनसक्ने बताएको छ। मन्टरे पार्कमा बस्ने मानिसमध्ये ६५ प्रतिशत एशियाली मूलका छन्।

उक्त स्थानलाई अमेरिकाको पहिलो चिनियाँ उपनगर मानिन्छ। उक्त सहर एशियाली मूलका मानिसको बहुमत भएको पहिलो अमेरिकी सहर हो। शनिवार रातिको घटनापछि त्यहाँ चिनियाँ नववर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएका सबै कार्यक्रमहरू स्थगित गरिएको छ। उक्त सहर अहिले शोकमग्न छ। सहरमा टाँगिएका ध्वजापताका र राता लाल्टिनहरू पनि हटाइएको छ।