काठमाडौंमा आज वर्षा हुने सम्भावना

RSS

काठमाडौं । आइतबार काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भाग सहित उपत्यकामा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना बताइएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन विभागले अनुरोध गरेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

दुई दिनअघि गण्डकको कास्की र पोखरामा हल्का वर्षा भयो । त्यसअघि पश्चिम तराई छोएका केही भेगमा हल्का वर्षा भएको थियो । बागमती प्रदेशका पहाडी भेगमा हल्का वर्षा भए पनि काठमाडौँमा भइहाले पनि फाटफुट मात्र वर्षा हुने सम्भावना छ । उपत्यकाको आकाशको वायुमण्डलमा लामो समयदेखि तैरिएर बसेको प्रदूषणको तुवाँलो वर्षा नहुँदा हट्न सकेको छैन ।